मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा फेरि एउटा धमाकेदार म्यूजिकल कार्यक्रम हुने भएको छ । आइन्सटाइन इन्टरनेशनल एडकेशन सर्भिसेजको प्रस्तुति रहने म्यूजिकल नाइटको आयोजना मेलबर्न नेप्लीज कम्युनिटी वेष्टले गर्न लागेको हो ।

यो म्यूजिकल नाइटमा युवा पुस्ताका लोकप्रिय र क्षमतावान गायक शिव परियार प्रमुख आकर्षणका रुपमा रहनेछ । विशेष गरि गजल र सुगम संगीतको क्षेत्रमा पृथक पहिचान बनाइसकेका गायक परियारलाई प्रत्यक्ष सुन्न अष्ट्रेलियाका नेपाली दर्शकहरु अहिलेदेखि नै आतुर छन् । अझ कार्यक्रमको हाइलाइट प्रस्तुतिका रुपमा आउँने गायक अल्मोडा रानाको लाइभ प्रस्तुति हेर्न पाउने भएपछि दर्शकहरु व्यग्र प्रतीक्षामा छन् । पछिल्लो समय पानी पर्यो असिना झर्यो गीतबाट सर्वत्र छाइरहेका गायक अल्मोडा पहिलोपटक अष्ट्रेलिया आउँन लागेका हुन्. ।

यसदेखि बाहेक अष्ट्रेलियामै बस्दै आएकी प्रतिभाशाली र बोल्ड एण्ड व्यूटीफूल पपस्टार गायिका स्मृति पोखरेलले पनि म्यूजिक नाइटलाई अझ तताउँने छिन् । उनीसँगै अष्ट्रेलियामै रहेका युवा गायक अभिनाष न्यौपानेले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

गायक गायिकाहरुका सांगीतिक प्रस्तुतिको साथमा अष्ट्रेलियामा सक्रिय डान्स ग्रुप द म्याजिक क्रिउ र बालचौतारीको आकर्षक नृत्य पनि यो म्यूजिकल नाइटको आकर्षणको रुपमा रहने छ ।

कार्यक्रम आगामी अगष्ट २९ सोमवारका दिन साँझ ५ः३० बजेदेखि शुरु हुनेछ ।

Comments

comments