काठमाडौं । नेपाली काँगेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशन आईतवारवाट काठमाण्डौमा हुने भनिएको छ ।

विगत नौ वर्षदेखि विभिन्न कारणले महाधिवेशन हुन सकिरहेको थिएन । यसअघि पनि महाधिवेशनको मिति तय भएर पनि कयौ पटक स्थगित भएको थियो । यहीबीच आइतवारदेखि शुरु हुने भनिएको महाधिवेशनमाथि अझै पनि नेविसंघकै नेतृत्वहरुमा आशंका बाँकी नै छ ।

नेपाल विद्यार्थी संघको तीतो विगतले गर्दा यसपाली पनि महाधिवेशन हुन्छ भन्नेमा पूर्णरुपमा ढुक्क हुने अवस्था छैन । नेपाल विद्यार्थी संगठनमा अहिलेसम्म १० ओटा मात्रै महाधिवेशन सम्पन्न भएका छन । दश महाधिवेशन हुँदा नेपाल विद्यार्थी संगठनले १८ ओटा सभापति पाइसकेको छ । यसवाट पनि नेवि संघमा टिके प्रथा रहेको स्पष्ट हुन्छ । यसपटक पनि विद्यार्थीहरुमा फेरि पनि नेतृत्वले टिका लगाइदिने होकि भन्ने डर तथा चिन्ता रहेको छ । यता महाधिवेशन प्रतिनिधि छनौटमा कानूनसम्मत नभएको भनी एकथरी विद्यार्थीहरु आनशन वसिरहेका छन । विगत आठ दिनदेखि आमरण अनशन वसेका गणेश सापकोटा र रत्नहरि ढुंगेलको स्वस्थ्य अवस्था विग्रदै गएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको माग विधिसम्मत निर्वाचन हुनुपर्ने रहेको छ ।

विगत नौ वर्षदेखि नेविसंघको महाधिवेशन नभएको कारणले नै हुनुपर्छ यसपाली नेतृत्वका आकांक्षी धेरै देखिएका छन् । उनीहरु जसरी पनि यसपटक महाधिवेशन हुनैपर्नेमा जोड दिइरहेका छन । महाधिवेशन हुन नदिने वाहानामा कसैले कार्यकर्तालाई अनशनमा वसाउन उचित नहुने भन्दै सवैलाई निर्वाचनमा भाग लिई आफुलाई अव्वल सावित गर्न सुझाव दिन्छन विद्यार्थीहरु ।

देशको सवैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनलाई सवैले नजिकवाट नियालिरहेका छन । यसपाली पनि विगतको जस्तै इतिहास दोह¥याएमा उसका लागि यो मंहगो पर्न सक्ने धेरैको विश्लेषण छ । पार्टीभित्रको लोकतन्त्र वलियो वनाउनकै लागि भए पनि काँग्रेस निकटस्थ विद्यार्थी संगठनको महाधिवेशन तोकिएकै मितिमा गराउन आवश्यक छ ।

Comments