काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । राप्रपाका २ र नेकपा संयुक्तवाट १ गरी तीनजना मन्त्री थप गर्नुभएको हो ।

मन्त्रीमण्डल विस्तार गर्ने क्रममा साना दलहरुवाट प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । थपिने मन्त्रीहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता दीपक वोहरा तथा उपनेता विक्रम पाण्डे हुनुहुन्छ भने नेकपा संयुक्तवाट जयदेव जोशी मन्त्री वन्नुभएको हो ।

मन्त्रीमण्डल विस्तार गरिए पनि मन्त्रालयको जिम्मेवारी भने अहिले नतोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो पटक मन्त्रीमण्डल विस्तार भएसँगै अव ९ सदस्यीय मन्त्रीमण्डल वनेको छ ।

Comments