काठमाडौं । काभ्रे र सिन्धुपाल्चोकका भूकम्प पीडितहरुको पुनर्वास निर्माण कार्यमा संलग्न भएपछि अझ चर्चामा आएका लोकप्रिय कलाकार दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सरकारले सम्मानित गर्ने भएको छ ।

कट्टेल दम्पत्तिको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसनलाई सरकारले यसवर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्न लागेको हो ।

सरकारले विभिन्न क्षेत्रमा क्रियाशील युवालाई हरेक वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आउको छ । युवा तथा खेलकुद मन्त्रालयले सम्मानका लागि छनोटमा परेका युवा प्रतिभा तथा संघसंस्थाको नामावली सोमबार सार्वजनिक गरेको हो ।

मन्त्रालयका उपसचिव महेन्द्र पौड्यालले साउन २८ गते सम्मान कार्यक्रम रहेको जानकारी दिएका छन् ।

सम्मान पाउँनेमा युवा गायक शिव परियार,कालोपोथी चलचित्रका बालकलाकारद्धय सुकराज रोकाय र खड्गबहादुर नेपाली,संगीतकार अमिर लामाको साथमा चेलीबेचबिखन विरुद्धको अभियानमा सक्रिय माइती नेपालकी फूलमाया तामाङ लगायतका छन् ।

yuwa

Comments