काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार देशबासीको नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

बिहान ११ बजे बस्ने संसद बैठकमा उहाँले सम्बोधन गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा सरकारको काम, आसन्न भारत भ्रमण, संविधान संशोधन, स्थानीय निकायको चुनाव लगायतका विषयमा जानकारी गराउने तयारी गर्नुभएको छ ।

सम्बोधनअघि उहाँले बिहान सभामुख ओनसरी घर्तीसँग भेट गर्नुभएको छ ।

Comments