काठमाडौं । चीनले राष्ट्रपति शी जिनपिङको नेपाल भ्रमण रद्द भएको खबरमा सत्यता नभएको प्रष्ट पारेको छ ।

राष्ट्रपति शी जिनपिङको नेपाल भ्रमणबारे बेइजिङ नेपालसँग निकट सम्वादमा रहेको चिनिया सञ्चार माध्यमहरुले जनाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भ्रमणबारे धेरै कुरा प्रष्ट हुन बाँकी भएको भन्दै भ्रमण रद्द भएको भन्न नमिल्ने बताएका हुन् । यसअघि नेपाल सरकारले पनि भ्रमण रद्द भएको खबरको खण्डन गर्दै आएको थियो । चीनले राष्ट्रपति जिनपिङको अक्टुबरको भ्रमण तय भइनसकेकाले रद्द भयो भन्न नमिल्ने बताएको हो । नेपालसँग निकट रहेर सम्वाद भइरहेको भन्दै चीनले राष्ट्रपति शीको नेपाल भ्रमणबारे उचित समयमा जानकारी दिने बताएको छ ।

साथै चीनले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारसँगको सम्वन्धलाई महत्व दिएको बताएको चीनिया सञ्चार माध्यमहरुले जनाएका छन् ।

Comments