काठमाडौं । एप्पल कम्पनीले आइफोन सेभेन र सेभेन प्लस वायरलेस हेडफोन सहित सार्वजनिक गरेर बजार लिने क्रममा चिकित्सकहरुले एप्पलको वायरलेस हेडफोन स्वास्थ्यका लागि हानिकारक रहेको बताएका छन् ।

एप्पलले वायरलेस हेडफोनबाट प्रयोगकर्ताको ध्यान खिच्ने बताइरहदाँ चिकित्सकहरुले भने वायरलेस हेडफोनले मानव स्वास्थ्यमा गम्भिर असर पु¥याउने चेतावनी दिएका हुन् ।

ब्लुटुथ प्रविधिमा आधारित यस वायरलेस हेडफोनले लो–इन्टेन्सीटि रेडियो वेभलाई प्रयोगकर्ताको कानमा पु¥याउँछ । तर अध्ययनकर्ताहरुले उक्त वेभले रेडिएसन उत्पन्न गरिदिने र यसले मस्तिष्कमा रगत जाम गरिदिने भएकाले यसले मानव स्वास्थ्यमा असर गर्ने बताएका छन् ।

उनीहरुका अनुसार यसबाट आउने रेडियसनले ब्रेन ट्युमर हुने, टाउको दुख्ने समस्या, मष्तिष्कले एकाग्रता गुमाउने, कानमा पीडा हुने, बिस्तारै श्रवण शक्तिमा ह्रास आउने बताएका छन् ।

ब्लुटुथबाट आउने रेडियसनले दीर्घकालमा प्रजनन् क्षमतामा नै असर गर्दै डीएनए र आएनएको बायोजिकल परिवर्तन गर्ने पनि बैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् ।

यता एप्पलले भने आफुहरुले फेडरल कम्युनीकेशन कमिसनको एफसीसीको गाइडलाइनका आधारमा उक्त वायरलेस हेडफोन तयार पारेको र यसले मानव स्वास्थ्यमा कुनै हानी नपु¥याउने दाबी गरेको छ । त्यस्तै मोवाइल फोनको रेडियसन क्षेत्रमा लामो समय देखि अनुसन्धान गर्दै आएका डा। लिफ सल्फोर्डले पनि वायललेस हेडफोन खतरनाक हुने बताए ।

यही ब्लुटुथबाट निस्कने रेडियसनलाई युद्धमा हतियारको रुपमा पनि प्रयोग गरिन्छ ।

Comments