काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिन पनि बस्ने भएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा दिउँसो एक बजेपछि बस्ने बैठकमा समूहगत रुपमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवदनमाथि टोली नेताहरू धारणा राख्ने छन् । बुधबारको बैठकमा अध्यक्ष ओलीले समसामयिक विषय समेटिएको प्रतिवेदन पेश गर्नुभएको थियो ।

twgg-advertiseप्रतिवेदनमा सामूहिक रुपमा छलफल गर्न आधा दर्जन बढी समूह बनाइएका थिए । ती समूहले आन्तरिक छलफल समेत सुरु गरिसकेका छन् ।

केन्द्रीय कमिटीको बैठक बस्नुअघि आजै स्थायी समितिको बैठक बस्ने तयारी भएको छ । बैठकमा केन्द्रीय कमिटीले गर्ने निर्णयहरूका विषयमा छलफल हुने एक नेताले जनाएका छन् ।

Please follow and like us:

Comments