मेलबर्न । एनआरएन अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाको तीन प्रमुख शहरमा नेपाल महोत्सव हुने भएको छ । अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन र मेलबर्नमा यो वर्ष नेपाल महोत्सव हुने भएको हो ।

एनआरएन अष्ट्रेलियाले हरेक दुई वर्षमा नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । यस पटक नेपाल महोत्सवमा कन्दरा व्याण्डका साथै गायक सुगम पोखरेल र गायिका अञ्जु पन्त सहभागी हुने भएको आयोजकले जनाएको ।

महोत्सवको सुरुवात भने ब्रिसबेनबाट हुनेछ । ब्रिसबेनको किंग जर्ज स्क्वायरमा गरिने महोत्सवमा नेपाली कला, संस्कृति झल्कने झाँकी प्रस्तुत गरिनेछ । यसका साथै परम्परागत खानाका स्टलहरु पनि राखिनेछ ।

twgg-advertise२६ नोभेम्बरमा भने सिड्नीमा नेपाल महोत्सव गरिनेछ । सिड्नीमा अष्ट्रेलियाभरिमै सबैभन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ । सिड्नीको महोत्सव डार्लिंग हार्बरमा आयोजना हुनेछ । सिड्नीमा ५० हजारभन्दा बढीले महोत्सवमा सहभागिता जनाउने एनआरएनको अपेक्षा छ ।

यसैगरी मेलबर्नमा नेपाल फेष्टिबल डिसेम्बर १७ तारिखमा हुने तय भएको छ । स्थानीय फेडरेशन स्क्वायरमा हुने नेपाल महोत्सवको अहिलेदेखि नै विभिन्न तयारी तिव्रगतिमा भइरहेको छ । मुख्यतः सांस्कृतिक परेड, खानाका स्टलहरु, सांस्कृतिक कार्यक्रम, नेपाली व्यवसाय प्रबद्र्धन लगायतका गतिविधि फेष्टिबलको आकर्षण रहनेछन् ।

Please follow and like us:

Comments