मेलबर्न । लेखक बुद्धिसागर र पत्रकार उमेश श्रेष्ठलाई मेलबर्नस्थित नेपाली कन्सुलर कार्यालयले स्वागत गरेको छ ।

उहाँहरु दुवै जनालाई कन्सुलर जनरल चन्द्र योञ्जनले शल ओढाइ स्वागत गर्नुभएको थियो । त्यसक्रममा योञ्जनले उहाँहरुको थप प्रगतिको कामना गर्नुभयो ।

पछिल्लो पटक फिरफरे नामक उपन्यास प्रकाशन गरेका लेखक बुद्धिसागर र माइसंसार ब्लगका अनलाइन पत्रकार उमेश श्रेष्ठ साहित्यिक अन्तरक्रियाका लागि अष्ट्रेलिया आउँनुभएको हो । त्यसक्रममा स्थानीय कोबन लाइब्रेरीमा आइतवार आयोजित अन्तरक्रियामा लेखक बुद्धिसागरले आफ्नो उपन्यास लेखनका बारेमा अनुभवहरु सुनाउँनुभएको थियो ।

शुरुमा आफ्नै आत्मकथासँग मेल खाने कथा लेख्न खोजेको बताउँदै लेखक बुद्धिसागरले तर लेख्दै जाँदा कर्णाली ब्लुज उपन्यास तयार भएको जानकारी दिनुभयो । सोही अवसरमा उहाँले पछिल्लो उपन्यास फिरफिरेको लेखन अनुभव सुनाउँदै यो मित्रताको कथा भएको बताउँनुभयो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

 

twggयसैगरि पत्रकार तथा ब्लगर उमेश श्रेष्ठले पनि आफ्नो ब्लगिङ यात्राका अनुभवहरु सुनाउँनुभयो । माइ संसारलाई सफल बनाउँन आफूले भोगेका दुख र सफलतापछिको सुखद अनुभव पनि उहाँले सुनाउँनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना साहियिक संगीत जमघटले गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कन्सुर योञ्जनले सिर्जनात्मक कार्यक्रम आयोजना गरेकोमा आयोजकको प्रशंसा गर्नुभयो ।कार्यक्रमका लागि नेपालका दुई चर्चित हस्तीहरुसँग प्रत्यक्ष भेट्ने र मेलबर्नमा स्वागत गर्ने अवसर जुराएकोमा उहाँले आयोजकलाइ धन्यवाद पनि दिनुभयो ।

Photo : Prakash KC

Comments