काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निजी सचिवालय खारेज गरिएको छ ।

सचिवालयमा रहेका १० प्रहरी अधिकृतहरुलाई पनि फिर्ता गरिएको छ । लोकमान सिंह कार्कीको निजी सचिवालयका प्रहरी अधिकृतहरु हाल आयोगका लागि काम नलाग्ने भन्दै प्रहरी मुख्यालय फिर्ता पठाएको अख्तियारले जनाएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने विषय पछि निलम्बित कार्कीका विज्ञहरुलाई पनि मङ्गलबार अख्तियारले हटाएको थियो भने कार्कीको सचिवालयमा रहेका ११ जना प्रहरीमध्ये डिएसपी दानबहादुर थापा बाहेक बाँकी सबैलाई हेडक्वाटर फिर्ता पठाएको छ । फिर्ता पठाइएका प्रहरी अधिकृतहरुमा इन्स्पेक्टरहरु ठगबहादुर केसी, जयश्वर रिमाल, रञ्जन दाहाल, रञ्जन बस्नेत, सुरज पौडेल लगायत छन् ।

यो सँगै कार्कीको सचिवालयमा अब निजामती सेवाका एकजना एकजना अधिकृत र नायव सुब्बामात्र बाँकी छन् ।

Comments

comments