संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको प्रारम्भिक वार्ता उपसमितिले जनकपुरमा आज थप एक सशस्त्र समूहसँग वार्ता गर्दैछ ।

उपसमितिका सदस्य र विगतमा तराईमा सक्रिय भएको मधेस भाइरस किलर्ससंग वार्ता हुन लागेको हो । जयप्रकाश यादव प्रमुख रहेको सो समूहसँग वार्ता गरेपछि अन्य समूह सम्पर्कमा आए वार्ता गर्ने तयारी भएको छ । यसअघि हिजो सञ्जय गुप्ता संयोजक रहेको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चासँग उपसमितिले वार्ता गरेको छ ।

तराई–मधेसका ९ वटा भन्दा बढी सशस्त्र समूहसँग वार्ता गर्ने भनिएपनि केही समूहले सुरक्षाको कारण देखाउँदै वार्तामा आउन अस्वीकार गरेका छन ।

Comments