काठमाडौं । नेपाल मलेसियामा जारी एएफसी सोलिडारीटी कप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा ब्रुनाईमाथि शानदार जीत निकाल्दै नेपाल समूह विजेता बनेको छ ।

मंगलवार भएको खेलमा नेपालले ब्रुनाइमाथि तीन शुन्यको रोमाञ्चक जित निकालेको हो । नेपालका लागी नवयुव श्रेष्ठ ,भरत खवास र विमल घर्ति मगरले समान एक एक गोल गरे । ब्रुनाईविरुद्धको खेलमा निकै दवावमा खेलेको नेपालले पहिलो हाफको अन्तिम समयमानै एक शुन्यको अग्रता बनाउन सफल भएको थियो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो । खेलको १९ औ मिनेटमा नेपालका विमल घर्ति मगरले पहेलो कार्ड पाएका थिए ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा नेपालका नवयुगले गोलको खाता खोले । नेपाल पहिलो हाफ सम्म एक शुन्यले अग्रता लिन सफल बन्यो । दोस्रो हाफमा निकै सुधारिएको खेल प्रस्तुत गरेको नेपालका लागि ७३ औ मिनेटमा भरत खवासले अग्रता दोब्बर बनाएका थिए । दुई गोलले अग्रता लिएको नेपालले ८० औ मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई सहि सदुपयोग गदै नेपालका स्ट्राईकर विमलले गोलमा परिणत गरेका थिए ।

बू्रनाईलाई तीन शुन्यले पराजित गर्दै नेपाल समुह विजेता बन्दै प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । उता नेपालसँग पराजित भएको ब्रुनाई पनि उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments