उदयपुर । उदयपुरमा तीर्थयात्री बोकेको बस दुर्घट्ना हुँदा ३ जनाको ज्यान गएको छ । हलेसी महादेवको दर्शन गरेर फर्केका तिर्थयात्री बोकेको यात्रुबाहक बस उपयपुरको लेखानी–६ भदौरेमा दुर्घटना हुँदा अन्य १० जना गम्भीर घाइते भएका छन् ।

धार्मिक स्थल खोटाङ हलेसी पुगेर सप्तरी फर्केको ना४ख ३६२० नम्वरको बस शुक्रबार बिहान सिद्धीचरण राजमार्ग अन्तर्गतको भदौरमा दुर्घटना भएको हो ।

ज्यान जानेमा सप्तरी मघुपट्टी–६ का ३३ वर्षे कुसुमदेवी राम, वर्षे ६० सरस्वतीदेवी राम छन् भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ । बसमा ४२ जना यात्रु सवार रहेको बताइएको छ ।

अहिले उदयपुरको कटारीबाट एम्बुलेन्ससहित प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली घटना स्थलमा पुगेको छ । दुर्घट्नाको कारण अझै नखुलेको प्रहरीले बतायो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments