मेलबर्न । अष्ट्रेलियामा पहिलो पटक बेलायती पहुंच स्थापना भएको सम्झना गर्दै मनाइने ‘अष्ट्रेलिया डे’ मा हुने परेडमा भिक्टोरियन नेपाली समुदायले पनि सहभागीता जनाउने भएको छ ।

मेलबर्नमा रहेका नेपाली संघसस्थाहरुको सहकार्यमा नेपाली समुदायबाट नेपालको पर्यटन र कलासंस्कृति झल्किने प्रस्तुतिहरु परेडमा देखाउने तयारी गरिएको छ । यसका लागि जनवरी २६ का दिन मेलबर्नस्थित फेडेरेशन स्क्वायरमा अपरान्ह ४ बजे भेला हुन नेपाली समुदायलाई अपिल गरिएको छ ।

हरेक वर्ष जनवरी २६ तारिखमा बेलायती फौज सहितको जहाज अष्ट्रेलियाको भू–भागमा ल्याइएको सम्झनामा मनाइने अष्ट्रेलियन डेमा यहाँ रहेका प्राय सबै समुदायका हजारौ मानिसहरुले सहभागीता जनाउने गर्दछन् ।

गभर्नर फिलिपको अगुवाइमा अस्ट्रेलियामा पहिलो पटक बेलायती कोलोनि स्थापना भएको दिनको सम्झना स्वरुप ‘अष्ट्रेलियन डे’ मनाइने गरिन्छ । परेड, कन्सर्ट र अतिशबाजीको रमाईलोसँगै अष्ट्रेलियाभर यो दिवस भव्य रुपमा मनाउने गर्दछन् । पछिल्ला केही वर्ष यता अष्ट्रेलियामा नेपाली समुदायको बढ्दो संख्यासँगै अष्ट्रेलियन डे लगायतका उत्सवहरुमा समेत नेपाली समुदायको उल्लेख्य सहभागीता रहँदै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments