काठमाडौ । इंग्लिस प्रिमियर लिगको साबिक विजेता लेस्टर सिटी फेरि पराजित भएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटील बर्नलीसँग १–० ले पराजित भएको हो ।

बर्नलीको जितमा ८७ औं मिनेटमा साम वोक्सले गरेको गोल निर्णायक बन्यो । लेस्टर सिटीले यो सिजन प्रिमियर लिगमा अहिलेसम्म अवे खेलमा जित निकाल्न सकेको छैन । लिगमा लेस्टर सिटीको यो लगातार तेस्रो हार हो ।

हारपछि २३ खेलबाट २१ अंकसहित लेस्टर सिटी १६ औं स्थानमा पुगेको छ । २९ अंकसहित बर्नली नवौं स्थानमा छ । राति भएका अरु खेलमा क्रिष्टल प्यालेसले बोर्नमाउथलाई २–० तथा स्वान्सी सिटीले साउथह्यामप्टनलाई २–१ ले हरायो । मिडल्सबर्ग र वेष्ट ब्रोमले १–१ को बराबरी खेले ।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Please follow and like us:

Comments