काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले दोस्रो स्थानको टोटनह्यामलाई २–० ले हराएको हो ।

लिभरपुलको जितमा दुवै गोल साडियो मानेले गरे । १३८ सेकेण्डको बिचमा मानेले गरेको गोल टोटनह्यामका लागि घातक बन्यो । मानेले १६ औं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मानेले लिभरपुलको अग्रता दोब्बर पारे । पहिलो हाफको सुरुवातमै २–० ले पछि परेको टोटनह्यामले खेलमा फर्किने प्रयास गर्‍यो तर सफल भने हुन सकेन ।

जितपछि चौथो स्थानको लिभरपुलको २५ खेलबाट ४९ अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामको ५० अंक छ । यसअघि शनिबार बेलुका भएको खेलमा हल सिटीलाई २–० ले हराएको आर्सनलको पनि टोटनह्यामको समान ५० अंक नै छ ।

तर गोल अन्तरका आधारमा आर्सनल तेस्रो स्थानमा छ । लिभरपुलसँगको खेल गुमाएको टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी कम गर्ने मौका पनि गुमायो ।

एक खेल कम खेलको चेल्सीको ५९ अंक छ । राति भएका अरु खेलमा स्टोक सिटीले क्रिष्टल प्यालेसलाई १–० तथा साउथह्यामप्टनले सन्डरल्याण्डलाई ४–० हरायो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments