मेलबर्न । अष्ट्रेलिया आएका नयाँ विद्यार्थीहरुलाई अष्ट्रेलियाको संस्कृति र वातवरण सम्बन्धी ज्ञान दिने उद्देश्यले ’ सेट्लिङ इन अष्ट्रेलिया’ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा अष्ट्रेलियाको संस्कृति, शिक्षा प्रणाली, रेजुम बनाउने तरिका, काम खोज्ने तरिका, सम्बन्ध बिस्तार आदि विषयहरुमा छलफल गरिएको थियो ।

कार्यक्रमका सहभागी विद्यार्थी विवेक चापागाईंले कार्यक्रमले सम्बन्ध विस्तारमा सघाउ पुर्याएको र आफूमा आत्मविश्वास बढेको बताए । सहभागी मध्येकी सफलता घिमिरेले आयोजकलाई धन्यवाद दिंदै कार्यक्रमले आत्मविश्वास बढाईदिएको बताइन् । त्यस्तै अर्का सहभागी राजेन्द्र सापकोटाले कार्यक्रमले अष्ट्रेलियासंग सम्बन्धित धेरै कुराहरुको जानकारी दिएको र यसले गर्दा आफूलाई अष्ट्रेलिया बसाईमा सघाउ पुग्ने बताए ।

सो कार्यक्रमको आयोजना बिएमडब्लु एडुकेसन मेलबर्न, रोमन पीटिई मेलबर्न र हिमालयन कंगारूको सहकार्यमा गरिएको हो । कार्यक्रम आयोजक मध्येका बिष्णु सापकोटाले सहभागी विद्यार्थीहरुलाई शुभकामना दिदै सबैले एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । वहांले अष्ट्रेलियामा विद्यार्थी कसैलाई केही समस्या पर्यो भने आफूहरु सधै सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments