सिमरा  सिमरास्थित सिमरा पब्लिक इङ्लिस स्कुलमा अध्ययनरत चारजना छात्रा घर फर्कंदा बेपत्ता भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

आइतबार दिउँसो बिद्यालय छुट्टी भएपछि घर फर्किनुपर्ने बालिकाहरु रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई छात्रा बेपत्ता भएको सूचना गरेका हुन् ।

गढीमाई नगरपालिका ७ जितपुरकी कक्षा पाँचकी ११ बर्षीया जिया गुप्ता, उनकी बहिनी यूकेजीकी पाँच बर्षिया पिहुँ गुप्ता, गढीमाई नपा १ सिमराकी काक्षा पाँचकी १२ बर्षीय रबिना श्रेष्ठ र गढीमाई २ नरबस्तीकी कक्षा पाँचकै ११ बर्षीया स्नेहा सिंह बेपत्ता भएको अभिभावकले बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments