तामाङ संचारकर्मीहरुले २० औं तामाङ प्रसारण दिवस आज विभिन्न कार्यक्रम गरी मनाउदैछन् ।

२०५१ साल भदौ १ गते रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ संचारकर्मीले तामाङ प्रसारण दिवसको रुपमा मनाउदै आएका छन् । दिवसको अवसरमा तामाङ सञ्चार समूह केन्द्रीय समितिले राजधानीको प्रज्ञा प्रतिष्ठानमा आज विशेष कार्यक्रम आयोजना गर्दैछ ।

कार्यक्रममा तामाङ मिडिया अवार्डद्धारा दुई जना पत्रकारलाई सम्मानित गरिने छ । यस वर्षको तामाङ मिडिया अवार्ड दोलखाका पत्रकार जिवन लामा र सगरमाथा टेलिभिजनमा कार्यरत रोजिना लामालाई प्रदान गरिने समूहका उपाअध्यक्ष दिपेन्द्र दोङ तामाङले जानकारी दिनुभयो ।

Comments