मेलबर्न । अष्ट्रेलिया विद्यार्थीहरुको लागि अमेरिका र बेलायत पछिको गन्तव्य हो । यहाँको शान्त वातावरण, आत्मीय व्यवहार, बहुसांस्कृतिक परिवेश, उच्चस्तरीय शिक्षाले बिदेशी विद्यार्थीहरुलाई तानिरहेको छ ।

विश्वका उत्कृष्ट विश्वविद्यालयहरु मध्येमा पर्ने धेरै विश्वविद्यालयहरु यहाँ रहेका छन् । यहाँको शैक्षिक डिग्रीको विश्व बजारमा राम्रो मान्यता छ । अष्ट्रेलियाको सरकारले यहाँको शैक्षिक गुणस्तरमा निरन्तर निगरानी गर्दछ जसले गर्दा शैक्षिक गुणस्तर राम्रो रहेको छ ।

अष्ट्रेलियामा अमेरिका र बेलायतको तुलनामा दैनिक खर्च कम हुन्छ । विद्यार्थीहरुले अरु देशको तुलनामा यहाँ जागिरको पनि राम्रो अवसर पाउँछन्, जसले गर्दा आत्मनिर्भर बन्न सक्छन् । त्यस्तै यहाँको पढाई शुल्क पनि तुलनात्मक रुपमा कम रहेको छ भने विभिन्न किसिमका छात्रवृत्तिका योजनाहरु पनि रहेका छन् ।

अष्ट्रेलियामा कोर्सहरुमा पनि विविधता रहेका छन् । त्यसैले विद्यार्थीले आफूले चाहेको विषय छानेर आफ्नो लक्ष्य पूरा गर्न सक्छन् । विद्यार्थीले युनिभर्सिटीको पढाइ, प्रयोगात्मक पढाइ, भाषा सिकाइ आदिमा पनि आफूले रोज्ने अवसर पाउँछन् ।

अष्ट्रेलिया नयाँ विज्ञान प्रविधिको प्रयोगमा अगाडि छ । अर्थात यहाँ पढ्ने विद्यार्थीहरुले नयाँ प्रविधिको भरपूर प्रयोग गर्न पाउँछन् । यहाँ रहँदा विद्यार्थीहरुले वैज्ञानिक अनुसन्धान र प्रविधिका कुरा देख्ने र बुझ्ने अवसर पाउँछन् ।

अष्ट्रेलियामा विद्यार्थीहरुले हप्ताको २० घण्टा काम गर्न पाउने हुनाले उनीहरुले आफ्नो पढाइ खर्च कटाएर अतिरिक्त कमाइ पनि गर्न सक्छन् । अष्ट्रेलिया प्राकृतिक रुपमा पनि उत्तिकै सुन्दर छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments