काठमाडौं । निर्वाचन आयोगले स्ववियु सहित पेशागत संघ संस्थाका चुनाव नगराउन निर्देशन दिएको छ । निर्वाचन आचार संहिता लागू भैसकेकोले पूर्वनिर्धारित बाहेकका अरु पेशागत संघ संस्थाका चुनाव नगराउन निर्देशन दिएको हो ।

आयोगको निर्र्देशनसँगै स्ववियु चुनाव हुन बाँकी रहेका क्याम्पसको स्ववियु चुनाव प्रभावित भएको छ । तर आयोगले पठाएको पत्र अनुसार स्ववियु चुनाव गर्न कार्यतालिका जारी भैसकेका क्याम्पसमा भने चुनाव रोकिने छैन ।

आयोगले पहिला नै घोषित भइसकेका बाहेक विश्व विद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेका पेशागत संघ संगठनको चुनाव नगर्न नेपाल सरकारलाई निर्देशन दिएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments