काठमाडौं । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा दिउँसो भएको भेट महत्वपूर्ण र उपलब्धिमुलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्रीले बताउनु भएको छ ।

भेटमा प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिवाट सकारात्मक जवाफ आएको बताउँदै छलफल सोचेभन्दा पनि माथि रहेको बताउनु भयो ।

नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन हुनु र अझ राष्ट्रपति आफैले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीले बताउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments