एजेन्सी । पाकिस्तानी कप्तान मिस्बाह उल हकपछि अर्का दिग्गज क्रिकेटर युनुस खानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, खानले पत्रकार सम्मेलन गरी सन्यास घोषणा गरेका हुन् । अप्रिल र मे को वेष्ट इन्डिजको यात्रा टुंग्याएपछि खानले अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने बताएका छन् । दुई दिनअघि मात्र पाकिस्तानी कप्तान मिसबाह उल हकले वेष्टइन्डिज सिरिजपछि सन्यास लिने घोषणा गरेका थिए ।

३९ वर्षीय युनुस खान टेष्ट क्रिकेटमा १ सय १५ टेष्टमा ९ हजार ९ सय ७७ रन बनाउँदै १० हजार रनको नजिक छन् । उनले १० हजार रन बनाउन २३ रन मात्र बाँकी छ । ३४ शतक र ३२ अर्धशतक खानको नाममा छ ।

यही वर्षको सुरुवातमा ११ देशविरुद्ध शतक बनाउने टेष्ट इतिहासका पहिलो खेलाडी खानले १ सय १५ टेष्ट खेलेका छन् । सन् २००० मा डेब्यु गरेका खानको उत्कृष्ट टेष्ट स्कोर ३ सय १३ छ, जुन उनले सन् २००९ मा श्रीलंकाविरुद्धको खेलमा तयार पारेको योगफल हो । पछिल्लो वर्ष इंग्ल्यान्डसँगको २–२ को ड्र मा दिएको महत्वपूर्ण योगदानपछि उनलाई ‘विस्डेनस् फाइभ क्रिकेटर्स अफ दी इयर’मा चित्रित गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments