रुपन्देही । आचारसंहिता उल्लंघन गरेको भन्दै आपूर्ति मन्त्री दीपक बोहरा विरुद्ध जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा उजुरी परेको छ ।

निर्वाचन आचारसंहिता विपरित बाटो उद्घाटन गरेको भन्दै मन्त्री बोहरा विरुद्ध नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ क्षेत्रीय कमिटीले जिल्ला निर्वाचन कार्यालमा उजुरी दिएको हो ।

आचारसंहिता विपरित मन्त्री बोहराले शुक्रबार रुपन्देहीको ओमशतिया गाउँपालिका वडा नं. १ ठुटीपिपलमा निर्माण भएको सडक उद्घाटन गर्नुभएको थियो ।

आचारसंहिता उल्लंघनको प्रमाणसहित निर्वाचन कार्यालयमा उजुरी दर्ता भएपछि कार्यालयले उजुरीको सक्कल प्रमाणसहित निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमानाथ गौतमले जानकारी  दिनुभयो । गौतमले निर्वाचन कार्यालयलाई थाहै नदिई मन्त्री बोहराले बाटोको उद्घाटन गरेको प्रमाणसहित उजुरी आएको बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments