काठमाडौं । मतदाता परिचयपत्र नभएकाहरुले पनि आफ्नो पहिचान खुल्ने फोटोसहितको परिचयपत्रका आधारमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन, २०७४ प्रयोजनार्थ तयार पारेको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा पहिचान खुल्ने परिचयपत्रका आधारमा मतदान गर्न पाउने भएका हुन् ।

आयोगले मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा आफ्नो पहिचान खुल्ने अन्य परिचय पत्र देखाएर मतदान गर्न पाउने व्यवस्था मिलाएको हो । आयोगले २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार बनाई मतदान गर्न दिने व्यवस्था मिलाउन समेत आयोगले मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments