चितवन । भरतपुर महानगरपालिकामा काँग्रेस, माओवादी केन्द्र गठबन्धनको उम्मेदवारले झिनो अन्तरको अग्रता लिनु भएको छ ।

एक हजार ७३ मत गणना गर्दा माओवादी केन्द्रकी मेयर पदकी उम्मदवार रेणु दाहालले चार सय ५१ मत प्राप्त गर्नु भएको छ ।

एमालेका देवी ज्ञवालीले चार सय ३१ मत प्राप्त गर्नु भएको छ । दाहाल र ज्ञवालीबीच २० मतको मात्रै अन्तर रहेको छ । राप्रपाका बद्री तिमिल्सिनाले ३४ मत प्राप्त गर्नु भएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १ को मतगणना भइरहेको छ ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपुत्री रेणुलाई नेपाली कांग्रेसले समेत समर्थन गरेका कारण नतिजाप्रति निकै चासोका साथ हेरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments