शनिबार लिग खेलको दौरानमा  विपक्षी समर्थकहरुको ढुंगा प्रहारबाट  सख्त घाइते  क्यामरुनी फुटबल खेलाडीको मृत्यु  भएको छ | उनको मृत्यु पछि अल्जेरियामा जारी लिग स्थगित गरिएको छ | अल्जेरियाको जेएस क्याबिली फुटबल क्लबबाट खेल्दै आएका २४ वर्षीय क्यामरुनी स्ट्राइकर इबोसेलाई युएसएम एल्गर क्लबका समर्थकहरुले खेलपश्चात ढुंगा प्रहार गरेका थिए ।टाउकोमा लागेर गम्भीर घाइते भएका इबोसेलाई उपचारको लागि अस्पताल पुर्‍याएपछि मृत घोषित गरिएको थियो ।

लिग स्थगित गरिएसँगै फुटबल संघले मृतक खेलाडी अल्बर्ट इबोसेको परिवारलाई १ लाख अमेरिकी डलर क्षतिपूर्ति समेतदिने भएको छ । घटना पश्चात अल्जेरियन फुटबल फेडेरेसनले लिग संचालन भैरहेको  रंगशाला समेत बन्द गराएको छ । त्यहाँको आन्तरिक मन्त्रालयले घटनाको पूर्ण र निस्पक्ष छानबिन गर्न आदेश दिएको छ ।

Please follow and like us:

Comments