काठमाडौं । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको २ सय ८३ स्थानको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ ।

अहिलेसम्म २२७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमाले ९३ स्थानमा विजयी भएको छ भने २६ स्थानमा अग्रता कायम राखेको छ ।

यस्तै, नेपाली काँग्रेसले अहिलेसम्म ८६ स्थानमा जित हासिल गरेको छ । काँग्रेसले अन्य २१ स्थानमा अगाडि छ ।
नेकपा माओवादी केन्द्र भने अहिलेसम्म ४२ स्थानीय तहमा प्रमुखसहित विजयी भएको छ । उसले ६ स्थानमा आफ्नो अग्रता कायम राखेको छ ।

यसैगरी, नयाँ शक्ति पार्टी, राप्रपा र राष्ट्रिय जनमोर्चा एक एक स्थानमा विजयी भएका छन् भने ३ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments