मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा गोली चलेको छ । मेलबर्नको उत्तरी सबहर्बमा अज्ञात व्यक्तिले एउटा पसलेमाथि गोली प्रहार गरेको हो ।

शुक्रवार दुई वटा कारमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । अगाडिको एउटा पाङ्ग्रा फुस्किएपछि दुईमध्ये एक कार लिगोन स्ट्रीटमा ठोक्किएको न्यूज सेभेन टेलिभिजनले जनाएको छ । कारमा रहेकी एक महिला यात्रुले आफूसँग गुहार मागेको ती पसलेले बताए । त्यसपछि उनले आफूलाई स्टेशनसम्म पुर्याइदिन अग्राह गरेको र त्यहीबेला अज्ञात व्यक्तिले आफूमाथि गोली प्रहार गरेको पसलले बताए ।

गोली प्रहार गर्ने व्यक्ति र उदेश्यबारे केही नखुलेको समाचारमा उल्लेख छ ।

Please follow and like us:

Comments