अष्ट्रेलियाको मेलवोर्नमा नेपाली तेक्वान्दोसँग सम्बन्धित पदाधिकारीहरूको भेलाले आलोक रानाको अध्यक्षतामा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसन (युयुएनटिएफ) को अष्ट्रेलियन च्याप्टर गठन गरेको छ।

अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली तेक्वान्दो परिवारलाई समेटेर पुर्व राष्ट्रिय खेलाडी आलोक रानामगरको अध्यक्षतामा युएनटीएफले पुर्णता पाएको हो। मेलवर्नमा सम्पन्न भेलावाट गठन गरिएको अस्ट्रेलिया च्याप्टरको सचिवमा सुदुर पश्चिमवाट तेक्वान्दोमा आश लाग्दा प्रतिभाको रुपमा उदाएर राष्ट्रिय प्रतियोगिता खेलिसकेका माहादेव धानुक रहेका छन।

च्याप्टरको कोषाध्यक्षमा सशी पराजुली तथा सदस्यहरुमा हिरा महर्जन, रिकेश महर्जन र जिवन श्रेष्ठ रहेका छन।अस्ट्रेलिया च्याप्टर गठनपश्चात कमिटीले डी आर राना, हेमन्तराज काफ्ले र स्वयम्भुराज डंगोललाई सल्लाहकार चयन गरेको छ। अमेरिकावाट अस्ट्रेलियन ओपन तेक्वान्दो प्रतियोगितामा रेफ्री जजको भुमिका निर्वाह गर्न आएका ग्रान्डमास्टर तथा युयुएनटीएफका प्रतिनिधी दिवाकर डान महर्जनको उपस्थीतीमा अस्ट्रेलिया च्याप्टरको गठन गरिएको हो।

च्याप्टर गठन पश्चात ग्रान्डमास्टर दिवाकरले बिश्वभर छरिएर रहेका नेपाली तेक्वान्दो परिवारलाई समेटनु यसको पहिलो लक्ष्य रहेको बताए। उनले दोस्रो लक्ष्यका श्रपमा
नेपाली तेक्वान्दो खेलको बिकास र बिस्तारमा महासंघले आवश्यक पहल कदमी गर्न प्रारम्भ गरेको बताए।नव नियुक्त च्याप्टरका अध्यक्ष आलोकले प्रवासमा बसेर पनि खेलकुदको माध्यमवाट मुलुकको प्रतिष्ठा असिभबृद्धी गर्न पाउनु गर्वको बिषय रहेको बताए।

Comments