काठमाडौं। पूर्व राष्ट्रपति रामवरण यादवकी छोरी अनिता यादवले जनकपुर उपमहानगरपालिकाको मेयरमा चुनाव लड्ने तयारी गर्नुभएको छ ।

स्थानिय तहको निर्वाचनमा उनले आफ्नो जन्मस्थल धनुषा जिल्ला स्थित जनकपुर उपमहानगरपालीकाको मेयरमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

अनिताले पिता रामवरण यादव आवद्ध पार्टी नेपाली कांग्रेसबाट निर्वाचनमा भाग लिन लागेको योजना सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गर्नुभएको हो । लामो समयदेखि जनकपुरमै बस्दै आउनुभएका अनिता चुनावी प्रचारमा व्यस्त हुन थाल्नुभएको छ ।

विभिन्न पत्रपत्रिकामा राजनीतिक लेख तथा विचार समेत लेख्ने अनितालाई राष्ट्रपति यादवकै जोडबलमा चुनावमा उठाइन लागेको बताइएको छ ।

जेठ ३१ गते हुने दोस्रो चरणको स्थानिय निर्वाचन अन्तर्गत जनकपुरमा मेयर सहित जनप्रतिनिधिको चुनाव हुँदैछ । यादवकी एकमात्र छोरी अनिता योगा गुरु समेत हुनुहुन्छ।

Comments