काठमाडौं । मोडल निकिता चन्दक मिस नेपाल २०१७ को ताज जित्न सफल भएकी छिन् ।

शुक्रवार साँझ आयोजित मिस नेपाल प्रतियोगितामा सबै प्रतिस्पर्धीलाई उछिन्दै निकिताले नयाँ मिस नेपालको ताज जितेकी हुन् । उनलाई मिस नेपाल २०१६ अश्मी श्रेष्ठले ताज पहिर्याइदिएकी थिइन् ।

मिस अर्थको ताज रोजिना श्रेष्ठले जितिन् भने मिस नेपाल इन्टरनेशनलको ताज मोडल निती शाहले जित्न सफल भइन् । यस्तै सहारा बस्नेतले मिस नेपाल एसिया प्यासिफिक इन्टरनेशनलको ताज जितेकी छिन् ।

Comments