चितवन  । भरतपुर महानगरपालिकाको वडा नं  १९ मा पुनः मतदान  हुने भएको छ । निवाचन आयोगले मतगणना स्थल अनाधिकृत रुपमा कब्जा गरिएको पुष्टि भएको भन्दै वडा नं  १९ को मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै मतदान रद्द गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले बडा नम्बर १९ को सम्पूर्ण मतदान केन्द्रको मतपत्रलाई अवैध घोषणा गरी पुनः मतदान गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले निर्वाचनको मिति तोक्ने अधिकार मुख्य निर्वाचन अधिकृतलाई दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments