मेलबर्न। दोस्रो नेपाली तारा सन्तोष लामाको ‘कोही त बताइदेउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलियाबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा समावेश ‘कोही त बताइदेउ’ गीत ‘सहकार्य’ एल्बमको गीत हो ।

‘आफ्नो मन’, ‘कसले सुरुवात गर्यो’ लगायतका चर्चित गीतबाट चिनिएका गीतकार कृष्ण केसीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । म्युजिक भिडियोमा यमुना गैरे र सुमन कडेलले अभिनय गरेका छन् ।

जीवन रसाइलीको निर्देशन, सम्पादन तथा छायांकनले आकर्षक बनेको म्युजिक भिडियोलाई हेल्लो अष्ट्रेलिया टि.भीले उत्पादन गरेको हो ।

Comments

comments