काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोशिसयनमा आवद्ध व्यवसायीहरूले असार २० गतेबाट तेल नकिन्ने घोषणा गरेका छन् । उनीहरूले आफूहरूका माग पुरा गराउन भन्दै तेल नकिन्ने घोषणा गरेका हुन् ।

राजनीतिक दलहरुले जस्तै आफुहरुले पनि माग पुरा गराउन आन्दोलनको घोषणा गरेको बताएका हुन् । आगामी २० गते बाट तेल नकिन्ने घोषणा गरेका व्यवसायीले आफ्नो आन्दोलन जायज भएको भन्दै राजनीतिक दलको दृष्टान्त दिएका हुन् ।

उनीहरुले सबैले माग पुरा गर्ने माध्यम आन्दोलनलाई बनाएको उल्लेख गर्दै आफूहरुले पनि इन्धनमा  देखिएको घाटा पुर्ति र न्यायोचित कमिशनका लागि आन्दोलन गरेको दाबी गरेका हुन् ।

बागमती पेट्रोल सेन्टरका सञ्चालक रोशन रेग्मीले इन्धनमा देखिएको घाटा पुर्ति र उचित कमिशन नपाएसम्म तेल भर्न नसकिने बताउनुभयो । त्यसैगरी पाल पेट्रोलियम डिलर्स एसोसियसनका सचिव नारदप्रसाद भण्डारीले पनि घाटामा गएर सधैँ व्यवासय चलाउन नसकिने भन्दै माग पुरा नगरेसम्म तेल नभरिने बताउनुभयो ।

नेपाल पेट्रोलियम ढुवानी महासंघका सचिव विष्णु कुमार खड्काले बाध्य भएर तेल नकिन्ने घोषणा गरिएको बताउँदै सरकारले माग पुरा गर्नेतर्फ चासो दिनुपर्ने बताउनुभयो ।

इन्धन आयातका क्रममा हुने गरेको चोरी, प्राविधिक घाटा र कमिशन लगायत विषयमा व्यवसायी र नेपाल आयल निगमबीच समझदारी हुन नसक्दा यसअघि पनि व्यवसायी पटक पटक आन्दोलनमा उत्रदै आएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments