मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको आसन्न निर्वाचनमा सधैका र सबैका प्रिय समाजसेवी कृष्ण प्रसाद न्यौपानेले उम्मेद्वारी दिनुभएको छ। उहाँले भिक्टोरियाबाट एनसीसी सदस्यको लागि उम्मेद्वारी दिनुभएको हो ।

उम्मेद्वारीको विषयमा हिमालयन कंगारुले उहासंग गरेको कुराकानीमा भन्नुभयो, ” म पदमा रहंदा वा नरहँदा समेत सधै सामाजिक काम तथा कार्यक्रमहरुमा खटिरहेको छु र यो सबैलाई अवगत नै छ । त्यसैले निर्वाचनमा हार्नु र जित्नुले मलाई ठूलो फरक पार्नेछैन । मैले हार जीतको नाफा घाटा हिसाब गरेर होईन की संगठनमा रहेर काम गर्न पाएँ भने मेरो समाजसेवी कामलाई अझ व्यापक बनाउन पाउँछु की भन्ने सोंचले उम्मेद्वारी दिएको हूँ। आशा छ मेरो कामलाई चिन्नुभएको सबैजनाले म माथि विश्वास गर्दै आफ्नो अमूल्य मत दिनुहुनेछ ।”

कम बोल्ने र काममा बढी विश्वास गर्ने न्यौपाने प्राय: सबै काममा अहोरात्र खटिने र नेपाली समुदायलाई सहयोग गर्न सधै तत्पर रहने व्यक्तिको रुपमा चिनिनुहुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments