काठमाडौं । आईसीसी यु–१९ एसिया छनोट क्रिकेट खेलमा नेपालले पहिलो विजयी सुरुवात गरेको छ । सिंगापुरमा सोमबारबाट सुरु भएको आईसीसी यु–१९ एसिया छनोट क्रिकेट खेलमा आयोजक सिंगापुरलाई चार विकेटले पराजित गर्दै नेपालले पहिलो जित हात पारेको हो ।

७४ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको नेपालले प्रस्तुत लक्ष्य मात्र १७ दशमलब ३ आभेरको समाप्तिमा छ विकेट गुमाउँदै पुरा ग¥यो । नेपालको जीतका लागि प्रनित थापा मगरले सर्वाधिक २३, अनिल शाहले १९ रन जोडे भने रोहित कुमार ११ र पवन सारफ ४ रनमा नट आउट रहे । यस्तै, बाँकी ब्याट्स् म्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ सिंगापुरका लागि आर्यमान सुनिलले सर्वाधिक २ विकेट हात पारे । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको सिंगापुर, कप्तान सन्दिप लामिछानेको कसिलो बलिङमा मात्र ७३ रनमा समेटएिको थियो । खेलमा सिंगापुरका लागि विर्गु आयरले सर्वाधि ४२ रन जोडे ।

यस्तै सेन अग्रवालले ११ रनको व्यक्तिगत स्कोर गरे भने अन्य ब्याट्स् म्यानले दोहोरो अंक जोड्न सकेनन् । संगापुरको इनिङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने सर्वाधिक ५ विकेट हात पारे । यस्तै, शहाब अलामले ३ तथा किशोर महत्तोले २ विकेट लिए ।

प्रतियोगितामा अब नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ । छनोटको शीर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुने छ । फाइल तस्बिर

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments