काठमाडौँ । सरकारले स्वाइन फ्लुको प्रयोगशाला प्रमाणित संक्रमणबाट दस जनाको मृत्यु भएको जनाएको छ ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कास्कीमा तीन जनाको मृत्यु भएको छ भने काठमाडौं, ललितपुर, बुटवल, झापा, पाल्पा र स्याङ्जामा एक–एक जनाको ज्यान गएको छ । उक्त रोगको वैज्ञानिक नाम  ‘इन्फ्लुएन्जा ए (एच१एन१) पीडिएम ०९’ हो ।

‘स्वाइन फलुले मृत्यु भएको सरकारी तथ्यांक, टिप अफ द आइसवर्ग मात्र हो,’ त्रिवि शिक्षण अस्पताल, पल्मोनोलजी एन्ड क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख प्रा।डा। करवीरनाथ योगीले भने, ‘स्वाइन फ्लु प्रभावित भए पनि रोग पहिचान नभएर निमोनियाँ भनी उपचार गरेका वा उपचारै नगरेका सयौं बिरामी हुन सक्छन् । मृतकको संख्या पनि सयौं हुन सक्छ ।’

सरकारको एक मात्र केन्द्रीयस्तरको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, नेसनल इन्फ्लुएन्जा सेन्टर शाखाका प्रमुख एवं कन्सलटेन्ट माइक्रोबाइलोजिस्ट विष्णु उपाध्यायका अनुसार हाल त्यहाँ दिनहुँ ५० देखि सयवटासम्म एन१एच१ (स्वाइन फ्लु) को नमुना परीक्षणका लागि ल्याइने गरेको छ । तीमध्ये ४० प्रतिशतसम्ममा स्वाइन फ्लुको संक्रमण देखिएको छ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा दिनहँु प्रयोगशाला प्रमाणित १० देखि १५ जना स्वाइन फ्लु संक्रमित उपचारका लागि आउने गरेका छन् । अस्पतालका डा। शेरबहादुर पुन भन्छन्, ‘मुलुकका विभिन्न ठाउँका साथै भारतबाट भर्खरै फर्केकाहरू पनि समस्या लिएर आउने गरेका छन् ।’ परिवारमा एकभन्दा बढी सदस्य स्वाइन संक्रमण लिएर उपचारका लागि पुग्ने गरेका छन् । समयमै उपचार प्रक्रियामा नआएर केही स्वाइन प्रभावितलाई आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आएको डा।पुन औंल्याउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments