झापा । एकैपटक असह्य पीडाले सताउँदा मान्छे रुन पनि सक्दो रहेनछ ! मनमा गाँठो परेको वदना आँसु भएर पोखिन पनि समय लाग्दोरहेछ ! १७ वर्षे राजकुमार घोर्सानेका लागि पछिल्ला चार दिन यस्तै उकुुसमुकुसपूर्ण रहे । थाहा छैन, कलिलो मनमा परेको गहिरो चोट कसरी पुरिन्छ न राम्ररी बोल्नै सकेका छन्, न डाँको छाडेर रुन नै ।

शनिबार बिहान कनकाईको बाढीले आमा घनमाया र बहिनी कमलालाई एकैसाथ बगाएको कहालीलाग्दो दृश्यका एकमात्र साक्षी उनै हुन् । बगेको केही घन्टापछि आमाको शव फेला परेपछि उनी किरियामा बसेका छन् । उनका बाबुलगायत छिमेकी बहिनीको ‘शव’ खोज्न दिनहुँ हिँडिरहेका छन् ।

‘आज पनि बाबा र छिमेकी अंकलहरु बहिनीको शव खोज्न जानुभएको छ ।’, मंलगबार बिहान झापा गाउँपालिका २ स्थित घरको ‘थला’ मा आमाको मृत्युसंस्कारमा बसेका उनले भने । कसैले केही सोधे एक लाइनको जवाफ दिने अनि फेरि लामो मौनतामा डुबिहाल्ने राजकुमारको शैली उनको स्वभावभन्दा विल्कुलै फरक छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments