एजेन्सी । स्पेनको बार्सिलोनामा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ । दोस्रो पटकको आक्रमण प्रयास भने प्रहरीले विफल पारिदिएका छन् ।

बार्सिलोनाको प्रसिद्व लास रामब्लासको भिड हुने क्षेत्रका विद्रोही समूह इस्लामिक स्टेट आइएसले भ्यानको प्रयोग गरी आक्रमण गरेको हो । विद्रोही समूह इस्लामिक स्टेट आइएसल आक्रमणको जिम्मा लिएको छ । आइएसले आक्रमणको जिम्मा लिए पनि आक्रमणमा कसको संलग्नता थियो भन्ने पुष्टी भएकोे छैन ।

आक्रमणको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्का एक जना प्रहरीको आक्रमणमा मारिएका स्पेनका सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यस्तै, घटनामा संलग्न रहेको भन्दै एक जनाको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । ती व्यक्तिले आक्रमणका लागि प्रयोग भएको भ्यान भाडामा दिएको प्रहरीले जनाएको छ ।
स्पेनका प्रहरीले क्यामब्रिल्समा हुन लागेको आक्रमण रोक्न चार जनालाई मारेको बिबिसीमा उल्लेख छ । क्यामब्रिल्स बन्दरगाहमा गोलिको आवाजहरु आएको थियो । प्रहरीले मानिसहरुलाई सडकमा ननिस्कन र सुरक्षित रहन आग्रह गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments