मेलबर्न । अष्ट्रेलियाको शिक्षासम्बन्धी उच्चस्तरीय समिति (काउन्सील अफ इन्टरनेसनल एजुकेसन) मा नेपाली विद्यार्थी चयन भएका छन् ।समितिमा पहिलोपटक नेपालीको प्रतिनिधित्व भएको हो ।

प्रधानमन्त्री मालकम टर्नबलको मातहतमा रहने समितिमा एक बर्षका लागि नेपाली विद्यार्थी विजय सापकोटा सदस्य भएका हुन् । सापकोटा अष्ट्रेलियामा रहेका विदेशी विद्यार्थीहरुको संगठन काउन्सिल फर इन्टरनेशनल एजुकेसन अष्ट्रेलियाका केन्द्रीय अध्यक्ष रहेका छन् ।

शिक्षामन्त्री सिमोन बिरमिङ्गम अध्यक्ष, परराष्ट्रमन्त्री जुलि बिसप लगायतका मन्त्रीहरु सदस्य रहेको यस समितिले अष्ट्रेलिया शिक्षा प्रदायक संस्था, शैक्षिक संस्थाहरु र राष्ट्रिय तथा राज्यस्तरका सरकारहरुसँग मिलेर शिक्षा क्षेत्रको विकास लागि कार्य गर्ने गर्दछ ।

न्यु साउथ वेल्स सरकारबाट अन्तर्राष्ट्रिय वर्ष विद्यार्थी अवार्डबाट सम्मानित भएका सापकोटा करिब ४ वर्षअघि अष्ट्रेलियामा उच्च शिक्षाका लागि आएका थिए । हाल उनी  युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा सिभिल इन्जिनियरिङ विषयमा अध्ययनरत छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments