रोयल मेलबर्न हस्पिटलमा उपचार गराई रहेकी सृष्टि खनालको उपचार सहयोगको निम्ति नेपाल फूटस्टेप भिक्टोरियाको आयोजनामा च्यारिटी सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ |

मेलबर्न स्थित मेलभिले रोड ब्राउनस्विक वेस्टमा आगामी १३ सेप्टेम्बरमा आयोजना हुने उक्त सांगीतिक कार्यक्रममा  गायक अनिल सिंह प्रत्यक्ष गाउँदै छन् | ” अनिल सिंह लाईभ इन मेलबर्न” नाम दिइएको उक्त सांगीतिक  कार्यक्रमबाट उठ्ने सम्पूर्ण रकम सृष्टिको उपचारका  निम्ति सहयोग स्वरूप प्रदान गरिने कार्यक्रम  आयोजकले जनाएको छ | साँझ ६:३० बजे बाट सुरु हुने उक्त सांगीतिक कार्यक्रममा डिजेएल र डिजे मिस्ता चाम्बलिंगको प्रस्तुति समेत रहने छ |

Comments