काठमाडौं । एसीसी यू–१९ पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा नेपालले आज चिरपरिचित प्रतिद्वन्द्वी मलेसियाको सामना गर्दैछ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल समूह ए विजेता भई सेमिफाइनलमा प्रवेश गरेको हो भने मलेसिया समूह बीको उपविजेता हुँदै अन्तिम चारमा पुगेको हो ।

नेपालले समूह चरणको तीनै खेलमा जित निकाल्दा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । मलेसियाको घरेलु मैदानमा नेपाली युवा क्रिकेटर आत्म विश्वासी देखिएका छन् । यू १९ उमेर समूहमा नेपाल एक पटक मात्र मलेसियासँग पराजित भएको छ । एसीसीले आयोजना गरेको यू १९ क्रिकेट प्रतियोगितामा नेपाल र मलेसियाबीच १२ पटक प्रतिष्पर्धा भएको छ ।

जसमा नेपालले ११ पटक जित निकालेको छ । सन् २०१३ को एसीसी यू १९ को तेस्रो स्थानका लागि भएको प्लेअफमा मलेसिायले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments