काठमाडौं । जागिरको खोजीमा रहेका व्यक्ति र रोजगारदातालाई समन्वय गराउन श्रम विभागले ‘जब पोर्टल’ सञ्चालनमा ल्याएको छ । नेपालमा निजी क्षेत्रमा विभिन्न ‘जब पोर्टल’ सञ्चालन भए पनि सरकारी स्तरबाट सञ्चालित यो पहिलो हो । 

श्रम विभागले जब पोर्टल र यसको प्रयोगबारे सोमबार राजधानीमा अन्तक्र्रिया गर्दै यसले बेरोजगार र रोजगारदाता दुवैलाई फाइदा र्पुयाउने जनाएको छ । विभागले भदौ ९ बाट www.jobkhoj.gov.np सञ्चालनमा ल्याएको हो ।

श्रम विभागले आठ वर्षदेखि रोजगार सूचना केन्द्र सञ्चालन गर्दै आएकामा अहिले अनलाइनमा आधारित जब पोर्टल थप गरेर यसलाई व्यापक बनाउने बताएको छ । यसलाई अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आईएलओ) र कोरियन अन्तर्रा्ष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।

विभागले बेरोजगार तथा रोजगारदाताले आफ्नो विवरण सूचना केन्द्रमा गएर वा सिधै पोर्टलमार्फत भर्न सक्ने जनाएको छ । श्रम विभागका सूचना केन्द्र भद्रपुर, विराटनगर, उदयपुर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, पर्वत, दाङ, जुम्ला, नेपालगन्ज, धनगढी र महेन्द्रनगरमा छन् । पोर्टमा जागिरको खोजीमा रहेका तथा रोजगारदाताले निस्शुल्क विवरण राख्न सक्ने र विभागले विवरण भर्न पनि निस्शुल्क सहयोग गर्ने जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments