काठमाडौं । सरकार र चिकित्सकबीच टकरावले मुलुकभरका बिरामी मर्कामा परेका छन् । चिकित्सकहरुले सुत्रबारदेखि आकस्किमबाहेकका सेवा बन्द आन्देलन गरेका छन् ।

सरकार र चिकित्सकबीच सोमबार वार्ता भए पनि कुनै निष्कर्षमा पुगेन । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य सचिव डा.किरण रेग्मी र चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठलगायत पदाधिकारीबीच सोमबार करिब दुई घण्टा वार्ता भए पनि टुंगोमा पुग्न सकेन । सरकारी पक्षसँगको वार्ता विफल भएको र आन्दोलन जारी रहेको डा.श्रेष्ठले बताए ।

‘‘हाम्रा मागमा स्वास्थ्य मन्त्रीले लिखित प्रतिबद्घता दिन नसक्ने भनेपछि हामीले बाध्य भएर आन्दोलन जारी राख्नुपरेको हो,’ चिकित्सक संघका महासचिव डा.लोचन कार्कीले भने, ‘असल नियतले उपचार गर्दा पनि बिरामीको मृत्यु भए लाखौं तिर्नुपर्ने, कुटाइ खानुपर्ने अवस्था नहटेसम्म काममा फर्क भनेर कसरी भन्नु ?’

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउन निर्देशन दिने सरकारी निर्णयप्रति विरोध जनाउँदै उनीहरूले सेवा बन्द गरेका हुन् ।

‘‘सरकारको निर्णयमा कतै जाँचबुझ, छानबिन निकाय, दोषी ठहरिए जस्ता शब्द छैनन्,’ डा। कार्कीले भने, ‘बिरामीको मृत्यु भयो भने जोसुकैले लापरबाहीको आरोप लगाउँदै क्षतिपूर्ति दाबी गर्ने रु यसले जथाभाबी पैसा माग्नेको समूहलाई प्रोत्साहन गर्छ ।’ लापरबाहीको आरोप लागेका चिकित्सकलाई छानबिन गरेर दोषी ठहरिए मात्र दण्डित गर्नुपर्ने र छानबिनको निकाय पूर्ण पारदर्शी, विज्ञसहितको हुनुपर्ने चिकित्सकहरूको भनाइ छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments