मुम्बई । मुम्बईको एलफिस्टन रेल्वे स्टेशनको आकाशे पुलमा भएको भागदौडमा २० जनाको मृत्यु भएको । घट्नामा २३ भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

ठूलो वर्षाका कारण धेरै मानिसहरुको पुलमा आश्रय लिइरहेको समयमा उक्त घटना भएको जनाइएको छ । शुक्रबार विहान करिब ११ बजे उक्त घटना भएको बताइएको छ । उक्त समयमा सो रेल्वे स्टेशनमा धेरै भीड हुने बताइएको छ ।

Comments