काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायः निश्चित भएको छ ।

प्रधानमन्त्री भएलगतै उनी नेपाल आएको थिए । त्यसको तीन महिनापछि नै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए । पहिलो भ्रमणका क्रममा उनले निकै चर्चा  प्रशंसा पाएका थिए । दोस्रो भ्रमणमा भने त्यस्तो हुन सकेन । संविधान जारी भएपछि भारतले एकतर्फी रुपमा नाकाबन्दी लगाएपछि नेपालमा मोदीको लोकप्रियता घटेन मात्र, भारतविरोधी भावनासमेत बढ्यो ।

बिस्तारै त्यो चाप कम हुँदै सम्बन्ध पुनः सुमधुर हुन लागेको समयमा मोदी पुनः नेपाल आउान लागेका हुन् ।

Comments