काठमाडौं । दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्रले कम्तीमा चुनावी गठबन्धन र बढीमा पार्टी एकताको तायरी गरेका छन् । एकताको लागि दुवै पार्टीले शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएका छन् ।

एमाले स्थायी समितिले आइतबार वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरुबीच चुनावी गठबन्धन गरेर जाने निर्णय गरेकै भोलिपल्ट सोमबार माओवादी केन्द्रकोे सचिवालय बैठकले एमालेसँगको चुनावी तालमेल र एकताका विषयमा छलफल गरेको छ ।

तालमेल र एकताकै पक्षमा अधिकांशको सकारात्मक धारणा, आएपछि सचिवालय बैठकले आन्तिम निर्णय गर्ने अधिकार आध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई सुम्पिएको छ । डेढ वर्षयताको तिक्त सम्बन्धलाई  अन्त्य गर्दै नयाँ शिराबाट समझदारी विकास विकास गर्न सुरु भएको पहल समझदारीको स्तरमा पुगेको हो । दुबै दलबीच मंगलबार निर्णायक वार्ता हुने भएको छ ।
वार्ता सफल भएमा लिखित समझदारी पनि हुनेछ ।

केपी र प्रचण्डबीच उच्चस्तरीय वार्ता

गठबन्धन र एकताका विषयमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दशैंकै बीचमा वार्ता भएको थियो । ‘उहाँहरुबीच  चुनावी गठबन्धनका विषयमा समग्रमै कुरा भएको छ,’ ओली निकट स्रोतले भन्यो,‘त्यही समझदारीअनुसार एमालेले माओवादीसँग चुनावी तालमेल गर्ने गरी स्थायी समितिबाट निर्णय गरेको हो ।’

Comments

comments