मेलबर्न । गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलन यही अक्टुबर १४ मा काठमाडौंमा हुँदैछ । सम्मेलनले आगामी कार्यकालकालागि नयाँ नेतृत्वको चयन गर्नेछ । त्यसैले सम्मेलन नजिकिँदै गर्दा उम्मेद्वारी घोषणाको क्रमले तीव्रता पाएको छ ।

यसैबीच अष्ट्रेलियाबाट वर्तमान ओसेनिया क्षेत्रीय संयोजक महेन्द्रकुमार लम्सालले आगामी कार्यकालका लागि सचिव पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

एनआरएनमा लामो समयदेखि क्रियाशील् लम्सालले आफ्नो उम्मेद्वारीको औचित्य प्रष्ट्याउँदै एक विज्ञप्ति अष्ट्रेलियाबाट प्रकाशन हुने द नेपाली टाइम्स मार्फतसार्वजनिक गर्नुभएको छ ।

विज्ञप्तिको पूर्ण पाठ

“नेपालीका लागि नेपाली” मूल नाराका साथ स्थापित गैर आवासीय नेपाली संघले करिब १४ बर्ष पार गर्दै गर्दा यसको आकार मात्र बढेको छैन चुनौती पनि उत्तिकै थपिएका छन् । यो अभियानको बिगतदेखि वर्तमान सम्म आइपुग्दा भविष्य पनि निकै उत्साहजनक पनि देखिन्छ । एनआरएनए अभियान सुरु हुदा बिदेशमा नेपालीहरुको संख्या करिब ५ लाख मात्र थियो भने अहिले आएर करिब ५० लाख नेपालीहरु सार्क मुलुक बाहिर रहेको तथ्यांकले देखाउछ । यो क्रम अझै बढ्दो छ ।

यसरी बढ्दो जनशक्तिको पलायन नेपालकोलागि पक्कै पनि राम्रो होइन । र,यो क्रमलार्इ तत्कालमा रोक्नसक्ने स्थिति पनि देखिदैन । तर एनआरएन मात्र एउटा यस्तो संस्था हो जसले विदेशमा रहेका समग्र नेपालीहरुलाई एकत्रित गरि उनिहरुमा विद्यमान श्रोत साधन र शक्तिलाइ पहिचान, एकत्रित र ब्यबस्थान गरी नेपाल र नेपालीको बिकासमा परिचालन गर्ने सामर्थ्य राख्दछ । यसकालागि एनआरएनएलाई अरु सशक्त, संगठित र समय सापेक्ष अभियानको रुपमा स्थापित गराउने महान अभियानमा साथ दिनकालागि मैले आगामी अक्टोबर १४ देखि १७ सम्म हुन गैरहेको एनआरएनए आइसीसी आठौ विश्व सम्मेलनमा सचिब पदमा आफ्नो दिने निर्णय गरेको छु र सम्बन्धित सबैको सहयोगको अपेक्षा गर्दछु ।

एनआरएनए आगामी कार्यकालमा हाम्रा सामूहिक प्रतिबद्धताहरु यसप्रकार हुने छन् :

एनआरएनए सातौ विश्व सम्मेलनको नारा “पुननिर्माणको सच्चा साझेदार” अनुसार हाल बन्दै गरेको लाप्राक एकिकृत नमूना बस्ति (५७३ घरहरु) छिटो भन्दा छिटो निर्माण सम्पन्न गरि बाँकी बस्ति निर्माणका लागि पनि आवस्यक पहल गरिनेछ ।

निर्माणाधीन सचिवालय भवनलाई सम्पन्न गर्न आवश्यक श्रोत साधन जुटाउन सबै एनआरएनए एनसीसी संजाललाई प्रभावकारी ढंगले परिचालन र प्रोत्साहन गरिनेछ ।

एनआरएनएको बिस्तारसंगै यो अभियानलाइ दिगो रुपमा एउटा संगठित र सबल संस्थाको रुपमा बिस्तार गर्न प्रस्ताबमा ल्याईएको ख्ष्कष्यल द्दण्द्दण् ७ द्यभथयलम एजेन्डालाइ परिष्कृत गर्दै कार्यान्यनको लागि सक्दो पहल गरिनेछ ।

खाडी मूलुकमा जाने नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई पर्ने दुख पिडामा सहयोग गर्न बैदेशिक रोजगार सहायता कोषलाई थप प्रभावकारी बनाइने छ ।

रेमिट्यान्स भित्र्याउने नाममा देशको जनशक्ति निर्यात गरेर नेपालको बिकासको कल्पना कदापी गर्न सकिदैन । तसर्थ एनआरएनएले नेपाल सरकारसंग सहकार्य गर्दै सामूहिक लगानी मार्फत कम्तिमा पनि खाडी मुलुक र मलेसियामा कष्टकर जिवन बिताइरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न पहल गरिने छ ।

साझा एनआरएनएको मर्म अनुसार धेरै भन्दा धेरै एनआरएनहरुलाई संस्थामा प्रवेश गर्न सहज वातावरण बनाइने छ । जसले गर्दा एनआरएनए सिमित र सम्पन्न व्यक्ति मात्रको नभई समग्र एनआरएनहरुले यसमा अपनत्व महशूस गर्न सकून् ।

एनआरएनएको बिधानमा गठित विभिन्न समिति तथा उपसमितिहरुलाई समय सापेक्ष रुपमा सक्रिय र वलियो वनाउने, सो समिति तथा उपसमितिका पदाधिकारीहरुलाई पद–ग्रहण भन्दा पनि पदिय जिम्मेवारी वहन गराउन बिशिष्ट रुपमा उनीहरुको काम कर्तव्य अधिकारको व्यवस्था सहितको नियमावलि तयार गर्न पहलकदमी गरिनेछ ।

२०१५ मे २८ मा न्युजिल्यान्डको क्राइस्टचर्चमा सपन्न दोश्रो ओसेनिया क्षेत्रीय वैठकले पारित गरेको ९ बुदे प्रतिबद्दताको अनुगमन गर्दै बाँकी कार्यहरु यथाशीघ्र सम्पन्न गरिनेछ ।

हालसम्म विश्वको ७६ देशमा विस्तार भएको एनआरएनका राष्ट्रिय समन्वय समितिहरुलाई विस्तार गरी नेपाली समुदायहरु रहेका विश्वका सम्पूर्ण राष्ट्रहरुमा पुर्याउन पहलकदमी गरिनेछ ।

Comments